काठमाडौँ, आजको समयमा फेसबुक,टिकटक,युट्युब जस्ता सामाजिक सञ्जालमा धेरै फलोअर,लाइक र भ्यु बढाउने होड चलेको छ ।
भ्युबाट आम्दानी गर्ने सोच नराम्रो होइन,तर केवल पैसा कमाउने उद्देश्यले अनावश्यक,ज्ञानविहीन वा अरूलाई असर गर्ने सामग्री फैलाउनु उचित हुँदैन ।
हामीले सामाजिक सञ्जाललाई समय खेर फाल्ने माध्यम होइन,ज्ञान र सीप बढाउने माध्यम बनाउनुपर्छ । पुस्तक पढ्ने,नयाँ कुरा सिक्ने,उपयोगी जानकारी खोज्ने र सकारात्मक सन्देश फैलाउने बानी विकास गरौँ ।
हाम्रो एउटा पोस्ट,एउटा भिडियो वा एउटा शब्दले समाजमा राम्रो वा नराम्रो प्रभाव पार्न सक्छ । त्यसैले क्षणिक भ्यु र लोकप्रियताभन्दा पनि उपयोगी सामग्री सिर्जना गर्ने प्रयास गरौँ ।
सोसल मिडियाको सही प्रयोग गरौँ,आफू पनि सिकौँ र अरूलाई पनि सिकाऔँ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।