काठमाडौँ, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा छिटो प्रकाशन गर्न उत्तरपुस्तिका जाँचमा हतार नगरिएको स्पष्ट पारेका छन् ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै मन्त्री पोखरेलले उत्तरपुस्तिका जाँचमा हतार नगरिएको बरु आवश्यक जनशक्ति बढाइएको बताएका हुन् । पोखरेलले भने,उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन । बरु आवश्यक जनशक्ति बढाइएको छ,समपरीक्षणका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता हटाइएको छ,उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने अभ्यास अन्त्य गरिएको छ,र परीक्षण प्रक्रिया समयमै सुरु गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको तथ्य पनि स्मरण गराउन चाहन्छु ।
नतिजा छिटो प्रकाशित गर्नका लागि विगतमा अपनाइँदै आएका कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको उनले बताए । विगतमा उत्तरपुस्तिका परीक्षणपश्चात् समपरीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउने व्यवस्था थियो । यसवर्ष भने समपरीक्षण सम्बन्धित स्थानमै गर्न सकिने व्यवस्था मिलाइएकाले काठमाडौँ ल्याउनुपर्ने बाध्यता हटाइएको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।