काठमाडौं । संघीय संरचना अनुसार तयार भएको तथा खेलकुद विकासका लागि तयार पारिएको खेलकुद विकास ऐन, २०७७ पारित भएको छ । ऐन संघीय संसदबाट पारित भएको हो ।
ऐनले केन्द्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई कार्यकारी अधिकार सम्पन्न बनाउनेछ । प्रदेशको हकमा स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनेछ । ऐनले राखेप सदस्य सचिवका केही अधिकार कटौती गर्नेछ । सदस्यसचिवका केही भूमिका अब सिधै खेलकुद मन्त्रालयसमक्ष रहने कतिपयले बताएका छन् ।
बुधबार दिउँसो बसेको राष्ट्रिय सभा बैठकले खेलकुद विकास ऐन पारित गर्दे प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । ऐन लागू हुन अब राष्ट्रपतिले प्रमाणीकरण गर्नमात्र बाँकी छ । नयाँ ऐनले खेलकुद विकास ऐन २०४८ लाई प्रतिस्थापन गर्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।