बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पोखरामा अनुशासनहीन प्याराग्लाइडिङ चालक बढ्दै, ८ जना कारबाही

पोखरामा अनुशासनहीन प्याराग्लाइडिङ चालक बढ्दै, ८ जना कारबाही

मेगा खबर संवाददाता

२४, मंसिर २०७७
  • 2.3K
    SHARES

  • पोखरामा अनुशासनहीन प्याराग्लाइडिङ चालक बढ्दै, ८ जना  कारबाही

    पोखरामा प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचेक्र्याँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखराका ८ जना प्याराग्लाइडिङ चालकलाई उडानमा रोक लगाएको हो । 
    यात्रुलाई उडाउने क्रममा सुरक्षालाई बेवास्ता गर्दै अतिरिक्त गतिविधि गरेको भन्दै क्वानले ती चालकलाई अनिश्चितकालका लागि उडानमा रोक लगाएको छ । 

    प्याराग्लाइडिङ व्यवसायीको छाता संस्थाका अध्यक्ष कृष्ण भण्डारीका अनुसार आठजना चालकको उडान अनिश्चितकालका लागि रोकिएको छ । उनका अनुसार चालक युकेश गुरुङ, सहिल खान, संग्राम थापा, विशाल थापा, रिखी पोडे, सुवास थापा, एलिस थापा र अञ्जन कुँवरलाई उडान गर्न रोक लगाइएको हो । चालकले यात्रुसहित उडानको क्रममा सुरक्षामा हेलचेक्र्याँइ गर्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने गतिविधि गरेका  हुन् । 

    बुधवार, मंसिर २४ २०७७१०:१७:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार