बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्थायी कमिटि बैठकमा नगएका ओलीले पठाए पत्र, ‘प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा जादिन

स्थायी कमिटि बैठकमा नगएका ओलीले पठाए पत्र, ‘प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा जादिन

मेगा खबर संवाददाता

२२, मंसिर २०७७
  • 2.2K
    SHARES

  • स्थायी कमिटि बैठकमा नगएका ओलीले पठाए पत्र, ‘प्रचण्डको प्रस्ताव फिर्ता नभएसम्म बैठकमा जादिन

    काठमाडौं ,पार्टीको स्थायी कमिटि बैठकमा अनुपस्थित रहेका प्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बैठकमा लिखित पत्र पठाएका थिए ।

    आजको बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्र बोलेको र बैठकमा पार्टी एकताको सकारात्मक प्रयास भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार बसेको बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ओलीको पत्र पढेर सुनाएका हुन् ।

    ‘कमरेड ओलीले बैठकलाई पठाएको पत्र प्रारम्भमै ईश्वर पोखरेलले वाचन गरेर जानकारी दिए ओलीले पूर्व मान्यता अनुसार प्रचण्डको प्रस्ताव छलफल गर्न नसकिने र बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थियो,’ बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

     

    सोमवार, मंसिर २२ २०७७०७:४६:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार