बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारको ध्यानाकर्षण चलचित्र क्षेत्र खुला गर्न

सरकारको ध्यानाकर्षण चलचित्र क्षेत्र खुला गर्न

मेगा खबर संवाददाता

२१, मंसिर २०७७
  • 1.6K
    SHARES

  • सरकारको ध्यानाकर्षण चलचित्र क्षेत्र खुला गर्न

     काठमाडौं ,चलचित्र क्षेत्र खुला गर्नका लागि नेपाल चलचित्र निर्माता संघले सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल चलचित्र निर्माता संघले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका संघका अध्यक्ष आकाश अधिकारीले लामो समयदेखि चलचित्र क्षेत्र बन्दा हुँदा निकै ठूलो क्षति बेहोर्नु परेको भन्दै तत्काल खुलाउनु पर्ने बताए । ९ महिना देखि चलचित्र क्षेत्र पुरै बन्द रहेको र यसले यो क्षेत्रका धेरै व्यक्तिहरु पलायन नै हुने खतरा रहेको भन्दै तत्काल खुला गर्नु पर्ने अधिकारीले बताए ।

    चलचित्र क्षेत्रका नायक भुवन केसीले पनि पुरै बन्द हुँदा चलचित्र प्राविधिकदेखि लिएर कलाकार सम्म प्रवाभित भएको बताए । लामो समय आम्दानी नै बन्द हुँदा कलाकारहरु पनि निकै समस्यामा परेको भन्दै उनले तत्कालै यो क्षेत्र खुलाउनु पर्ने भनेका छन् ।

    चलचित्र संघको माग उद्योग वाणिज्य महासंघले पनि ऐक्वेवद्धता जनाउँदै चाडो खोल्नु पर्ने बताएको छ । महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले चलचित्र उद्योगलाई बचाउनका लागि पनि तत्कालै खोल्नु पर्ने भनेका छन् । यसका लागि सञ्चार मन्त्रालयले पहलकदमी लिनु पर्ने बताए ।

    संघका तर्फबाट चलचित्र क्षेत्र सुधारका लागि गर्नु पर्ने विषयहरु समेटेर ७ पृष्ठ लामो सुझाव पत्र समेत बुझाइएको छ । पत्रमा कोभिड–१९ आवधिक चलचित्र छायांकन कार्यविधि गठन गर्न समेत माग गरिएको छ ।

    कोभिड–१९को असर रहेसम्मका लागि कार्यविधिमा एक अनुगमन तथा नियन्त्रण समिति समेत गठन गर्नुपर्ने उल्लेख गरिएको छ । चलचित्र क्षेत्रका आवश्यक सामाग्रीका लागि भन्सार छुटदेखि ऋण सुविधासम्मको माग सुझाव पत्रमा गरिएको छ ।

    मन्त्रालयका सचिव हरि प्रसाद वस्यालले सबै क्षेत्र खुला भइसकेको र यो क्षेत्र पनि खुला गर्नका लागि कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समिति (सीसीएमसी) पुगिसेको जानकारी दिए । उनका अनुसार सीसीएमसीले सिफारिस गरेर मन्त्रिपरिषद्ले निर्णय गरे खुला हुने   बताए । 

     चलचित्र क्षेत्रको मन्त्री गुरुङ विकासका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको र ऋण सुविधा, भन्सार छुट लगायतका विषयहरु भने अर्थमन्त्रालय अन्तर्गत पर्ने भएकाले नीतिगत रुपमा व्यवस्थाका लागि सम्बन्धीत मन्त्रालयमा जानु पर्ने छ।  आफ्नो मन्त्रालय मार्फत गर्न सकिने विषयहरुमा भने आफू सहजीकरण गर्न तयार रहेको मन्त्री गुरुङले बताए ।

    आइतवार, मंसिर २१ २०७७०८:२०:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार