राति भएको जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गतको खेलमा बार्यन म्युनिख बराबरीमा रोकिएको छ । रोचक खेलमा बार्यनले आरबी आइपजिगसँग ३–३ गोलको बराबरी खेलेको हो ।
बार्यनको घरेलु मैदानमा सुरुवाती अग्रता लिएको लाइजिगले त्यसलाई जोगाउन सकेन । खेलको १९ औं मिनेटमा क्रिस्टोफरको गोलमा बार्यनको घरेलु मैदानमा लाइपजिगले अग्रता लिएको थियो । खेलको ३० औं मिनेटमा बार्यनका लागि जामल मुसिलाले गोल गर्दै खेल बराबरीमा फर्काए ।
३४ औं मिनेटमा थप गोल गर्दै थोमस मुलरले बार्यनलाई २–१ को अग्रता दिलाए । त्यसको दुई मिनेटमै लाइपजिगका लागि जस्टिन क्लुभटले गोल गर्दै पहिलो हाफमा खेल २–२ को बराबरीमा भए ।
दोस्रो हाफको सुरुवात अर्थात् खेलको ४८ औं मिनेटमा लाइपजिगका लागि इमिल फोर्सवर्गले गोल गर्दै खेलमा ३–२ को अग्रता बनाए ।
तर, बार्यन त्यत्तिमा रोकिएन उसका लागि ७५ औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि खेल अवधिभर गोल हुन नसक्दा खेल ३–३ गोलको बराबरीमा टुंगिएको हो । बराबरीसँगै बार्यन १० खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ । २१ अंक जोडेको लाइपजिग दोस्रो स्थानमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।