काठमाडौं ,नेपाली काँग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासम शुरु भएको छ ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारीहरु सहभागी छन् । बैठकमा काँग्रेसले सरकारको कार्यशैलीविरुद्ध लिने रणनीतिबारे छलफल हुने बुझिएको छ ।
सभापति देउवा ओली सरकारप्रति नरम बनेको भन्दै आलोचना भइरहँदा बुधबार तनहुँमा पुल उद्घाटन गर्न रोकेर प्रहरीले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएको घटनाले काँग्रेस नेतृत्वमाथि दबाब बढेको छ ।
देशव्यापी आन्दोलन गरी सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुनुपर्ने दबाबसँगै आजको बैठकले यसको तयारी गर्ने बुझिएको छ ।
बुल्दीखोला पुल उद्घाटनमा पुगेका पौडेललाई प्रशासनको निर्देशनमा नियन्त्रणमा लिइएपछि देशव्यापी रुपमा काँग्रेस कार्यकर्ता आन्दोलित भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।