बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तनहुँ घटनाबारे कांग्रेस पदाधिकारी बैठक

तनहुँ घटनाबारे कांग्रेस पदाधिकारी बैठक

मेगा खबर संवाददाता

१९, मंसिर २०७७
  • 2.7K
    SHARES

  • तनहुँ घटनाबारे  कांग्रेस पदाधिकारी बैठक

    काठमाडौं ,नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकेको छ ।

    दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा डाकिएको बैठकमा वर्तमान पदाधिकारीसँगै पूर्वपदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु आमन्त्रित छन् । कांग्रेस उपसभापति विमलेन्द्र निधिले बैठक बिहीबार राख्ने तयारी भए पनि वरिष्ठ नेता पौडेल आज आउने भनेपछि उनकै उपस्थितिमा छलफल गर्न आजको लागि बैठक थियो ।

    सरकार अधिनायकवादतर्फ अघि बढ्दैछ, निषेधको राजनीति गरिरहेको छ,” उपसभापति निधिले भने, “यस विषयमा सामूहिक अवधारणा बनाएर अघि बढ्न हामी छलफल गर्न लागेका हौ।” बैठकमा मुलतः तनहुँ घटनाकै विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।बैठकमा मुलतः तनहुँ घटनाकै विषयमा छलफल हुन्छ,” प्रवक्ता शर्माले भने, “वरिष्ठ नेता पौडेललाई तनहुँमा पक्राउ गर्‍यो अनि छोडिदियो, यसको मतलव त्यो कुरा सकियो भन्ने हैन । यस विषयमा सरकारको धारण के हो ? अन्य नेतालाई त्यस्तै भयो भने के गर्ने भन्ने विषयमा छलफल गर्न बैठक आवश्यक भयो ।”

    उनले बैठकमा नागरिक अवाजको थलो संसद संचालन गर्ने विषयमा पनि छलफल हुने छ ।

    गत बुधाबार तनहुँमा पूल उद्घाटनका लागि जाँदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई तीनघण्टा प्रहरीले नियन्त्रणमा राखेका थिए । त्यसविरुद्ध सभापति देउवाले विज्ञप्ति जारी गरेर सरकार अधिनाकवादतर्फ उन्मुख भएको बताए ।

    पौडेलले भने प्रधानमन्त्री लोकतन्त्रवादी नै नभएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्रका लागि १४ वर्ष जेल बसेँ भन्ने गरेको विषयमा समेत प्रश्न उठाएका थिए ।

    ओली लोकतन्त्रका लागि १४ वर्ष जेल बसेका हैनन्, उनी त ज्यान मुद्दामा जेल बसेका हुन्,” पौडेलले भनेका छन्, “उनले हत्या स्वीकार गर्नका लागि हस्ताक्षर गर्न तयार नहुँदा त्यति लामो समय जेल बस्नु परेको, उनले बताए

    शुक्रवार, मंसिर १९ २०७७१२:२६:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार