बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रोनाल्डोले पुरा गरे करिअरको ७५० गोल

रोनाल्डोले पुरा गरे करिअरको ७५० गोल

मेगा खबर संवाददाता

१८, मंसिर २०७७
  • 3.0K
    SHARES

  • रोनाल्डोले पुरा गरे करिअरको ७५० गोल

    एजेन्सी ,पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको ७५० औं गोल पूरा गरेका छन् ।

    बुधबार राति युरोपियन च्याम्पियन्स लिगअन्तर्गत युभेन्ट्स र डाइनामो किभबीच भएको खेलमा गोल गर्दै ३५ वर्षीय रोनाल्डोले आफ्नो करिअरको ७५० औं गोल पुरा गरेका हुन् । युभेन्ट्सले ३–० गोलको जित हात पार्दा रोनाल्डोले टिमका लागि दोस्रो गोल गरेका थिए ।

    रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिडका लागि ४५०, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ११८, पोर्चुगलबाट १०२, युभेन्ट्सबाट ७५ र स्पोर्टिङ लिस्बनबाट ५ गोल गरेका छन् । जारी सिजनमा रोनाल्डोको यो युभेन्ट्सका लागि १०औं गोल हो ।

    च्याम्पियन्स लिगमा भने उनले सिजनमा दोस्रो गोल गरेका हुन् ।  यहि वर्ष अन्तर्राष्ट्रिय गोल संख्या सय पुर्याएका रोनाल्डोले पोर्चुगलका लगि १०२ गोल गरेका छन् । सन् २००३ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले देशका लागि १७ वर्षमा सय गोल पूरा थिए ।

    बिहिवार, मंसिर १८ २०७७१२:०२:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार