कप्तान जोर्डन लिभरपुलका हेन्डरसन ‘बीबीसी स्पोर्ट्स’ अवार्डको मनोनयनमा परेका छन् ।
बीबीसीले मंगलबार सार्वजनिक गरेको मनोनयनमा उनको नाम समेटिएको हो । प्रिमियर लिग क्लब लिभरपुलका कप्तान हेन्डरसनको नेतृत्वमा गत सिजन लिभरपुलले प्रिमियर लिगको उपाधि उचालेको हुन् ।
यो अवार्डका लागि क्रिकेटर स्टुवार्ट ब्रोडसमेत अवार्ड मनोनयनमा परेका छन् । अन्य खेलाडीको नाम बीबीसीले विस्तारै सार्वजनिक गर्ने बताए । समर्थकको मतको आधारमा यो अवार्ड प्रदान गरिनेछ । विजेताको घोषणा भने डिसेम्बर ३० मा हुनेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।