बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बर्नलीविरुद्ध सिटीको जित फराकिलो

बर्नलीविरुद्ध सिटीको जित फराकिलो

मेगा खबर संवाददाता

१४, मंसिर २०७७
  • 3.3K
    SHARES

  • बर्नलीविरुद्ध सिटीको  जित फराकिलो

    काठमाडौं। रियाद माहरेजको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि ५-० को विजय हासिल गरेको छ । 

    माहरेजकोले छैटौं मिनेटमा गरेको गोलबाट सिटीले अग्रता लिएको थियो। २२औं मिनेटमा माहरेजले नै घरेलु टोलीको अग्रता दोब्बर बनाए । पहिलो सकिन चार मिनेट बाँकी हुँदा बेन्जामिन मेन्डीले तेस्रो गोल थपे । ६६औं मिनेटमा माहरेजले ह्याट्रिक गरे । 

    माहरेजले लेस्टर सिटीबाट २०१५ डिसेम्बरमा स्वान्सी सिटीविरुद्ध ह्याट्रिक गरेपछि प्रिमियर लिगमा ह्याट्रिक गरेको यो पहिलो पटक होमाहरेजले लेस्टरबाट प्रिमियर लिगको उपाधि जितेका हुन् । 

    अघिल्लो खेलमा टोटेनह्यामसँग २–० ले पराजित भएको थियो। त्यसकारण सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले यो जित महत्त्वपूर्ण भएको बताए छन् । 

    जित सँगै सिटीले ९ खेलबाट १५ अंक जोडेको छ । सिटी आठौं स्थानमा छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा ६ अंकले पछाडि हो । तथापी सविक विजेता लिभरपुलले एक खेल बढी खेलेको हो । ९ खेलबाट पाँच अंक जोडेको बर्नली भने १८औं स्थानमा छ ।

    आइतवार, मंसिर १४ २०७७०९:०५:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार