काठमाडौं, विश्वमा पुल भन्ने बित्तिकै हामीले पक्कि तथा काठे पुलहरु वा झोलुंगे पुलहरु भन्ने बुझ्दछौँ ।
तर संसारमा यस्तो पनि एउटा ठाँउ छ जहाँ सिमेन्ट,फलाम, ढुंगा, बालुवा, गिटी र काठको पुल नभई रुखको जराले बनेको पुल रहेको छ ।
अनौठो त के छ भने पुल कुनै मानिसले बनाएको नभई आफै प्राकृतिक रुपमा निर्माण भएको हो। भारतको मेघालयमा रुखको जराबाट बनेको पुल रहेको छ । जहाँ त्यहाँका मानिसहरु सोहि रुखको जराले बनेको पुलबाट नै हिड्ने गर्ने गर्दछन् ।
यो लगभग पचास मिटर सम्ममा छरिएको रुखको जराको पुलमा मानिसहरुले आवतजावत गरेका कारणले झन बलियो हुँदै गएको विज्ञहरुले बताएका छन् ।
संरक्षणमा रहेको उक्त पुलमा वृद्धि, क्षय र पुनः निर्माणको प्रक्रिया आफैँ हुने गरेको पनि बताईने गरको भारतीय सञ्चार माध्यामहरुमा खबर रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।