रन्जित आचार्य सिन्धुपाल्चोक , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू सिन्धुपाल्चोक जिल्ला कमिटी असोज २० गते टुङ्गो लागेको करिब दुई महिना पछि सिन्धुपाल्चोक अनेरास्ववियू जिल्ला कमिटीले सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ।
सपथ ग्रहण कार्यक्रम अनेरास्ववियु जिल्ला संयोजक क. मिलन लामाको अध्यक्षतमा नेकपा जिल्ला स-इन्चार्ज सुबोध, सरल सहयात्री, अनेरास्ववियू केन्द्रिय नेता सुरेन्द्र बस्नेत, सुदेश पराजुली, लगायतको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सपकोटाले नेकपा पार्टी नफुट्ने फुट्न नदिने दाबी समेत गरेका छन ।
कोरोनाको कहर र पार्टीको अन्तरबिरोधले विद्यार्थी संगठनको गतिविधि नरोकिने अब सबै कलेज बिधालयमा विद्यार्थीको हक हितको लागि आवज बुलन्द गर्दै, संगठन निर्माण गर्दै, समाजबादि शिक्षा प्राप्तिको लागि एकताबव्द भएर लाग्ने अनेरास्ववियुका संयोजक मिलन लामाले बताए । कार्यक्रम संचालन सह संयोजक हिरा चौलागाईंले गरेका थिय।
नेकपाका नेता झम्क नेपाल सुवाष कर्मचार्य र अनेरास्ववियू केन्द्रिय सदस्य रन्जित आचार्य, श्याम रोक्का, प्रसुन कार्की, पार्वती शर्मा, महेश श्रेष्ठ, सिपि दुलाल, चिरञ्जीवी कट्टेल लगायत नेताहरूको उपस्तिथि रहेको थियो