कार्डिक अरेस्टका कारण ६० वर्षको उमेरमा अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । कार्डिक अरेस्टका कारण उनको घरमै रहेका बेला उनलाई हृदयघात भएको हो ।
दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।
म्याराडोनालाई विश्वका सर्वकालिन सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छ । बिस्तारित खेल जीवनमा उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।
उनले बोका जुनियर, नापोली र बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।