बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

निजी उच्च मा.वि.हरुले मच्चाइरहेको चरम शुल्क आतंक : बलदेव तिमल्सिना

निजी उच्च मा.वि.हरुले मच्चाइरहेको चरम शुल्क आतंक : बलदेव तिमल्सिना

मेगा खबर संवाददाता

१०, मंसिर २०७७
  • 1.9K
    SHARES

  • निजी उच्च मा.वि.हरुले मच्चाइरहेको चरम शुल्क आतंक    :  बलदेव तिमल्सिना
    बलदेव तिमल्सिना महामन्त्री नेबिसंघ, केन्द्रीय समिति
     
     परिक्षा वोर्ड द्वारा आजबाट कक्षा १२ को परीक्षा संचालन गराउन लागेको सन्धर्भमा केही निजी उच्च मा.वि.हरुले मच्चाइरहेको चरम शुल्क आतंकप्रति नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
    सामान्य अवस्थामा वैशाखमै हुने परीक्षा कोभिड १९ को महामारी र लगातारको लकडाउन समेतका कारण पर धकेलिदा विद्यार्थीहरु माथी प्रत्यक्ष असर परेको अबस्थामा विद्यार्थी तथा अभिभावक हरुलाइ थप पिडा दिने गतिविधि अबान्छनिय र निन्दनीय छ ।
     
    नियमित ,प्रत्यक्ष पाठनपाठन नभएको र विद्यार्थीले कुनैपनि सुविधा नलिएको अबस्थामा अनावश्यक र अतिरिक्त कुनैपनी शिर्षकमा शुल्क नलिनु पर्नेमा उल्टो अतिरिक्त शुल्क लिन थालिएका घटनाले हामिलाइ आक्रोशित बनाएको छ। केहि बिद्यलयहरुले शुल्कको नाममा अनावश्यक ददाब शृजना गर्दै परिक्षाको प्रवेश पत्र रोकेको,काठमाडौंको मोर्गन कलेजमा अत्यधिक शुल्क वढाउँदा स्वतस्फूर्त शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निर्दोष विद्यार्थीलाई गिरफ्तार गरिएको घटना अत्यन्तै निन्दनीय छ ।
     
    यसर्थ राज्यको संरक्षणमा विद्यार्थी माथी गरिएका सबै खाले शोषण,दमन र यातना तत्काल बन्द गर्दै विद्यार्थीमाथि लगाइएका झुटा मुद्दा खारेज गर्न र अवाञ्छित रुपमा वढाइएको सम्पुर्ण शुल्क तत्काल खारेज गर्न जोडदार माग गर्दछु । सरकारको संरक्षणमा शिक्षा क्षेत्रमा ब्याप्त बिकृति,बिसंगति र माफियाकरणको नियमित शृङ्खलाका बिरुद्ध शसक्त प्रतिबाद गर्न पनि सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुमा हार्दिक अपिल गर्दै आजबाट संचालित कक्षा १२ को परिक्षामा सहभागी सम्पुर्ण विद्यार्थी साथीहरुमा पुर्ण सफलताका निम्ति हार्दिक शुभकामना ब्यक्त गर्दछु ।  

    बुधवार, मंसिर १० २०७७०६:३०:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार