बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सस्तोमा प्याराग्लाइडिङ, पोखरामा ओइरिए आन्तरिक पर्यटकहरु

सस्तोमा प्याराग्लाइडिङ, पोखरामा ओइरिए आन्तरिक पर्यटकहरु

मेगा खबर संवाददाता

९, मंसिर २०७७
  • 2.2K
    SHARES

  • सस्तोमा प्याराग्लाइडिङ, पोखरामा ओइरिए आन्तरिक पर्यटकहरु

    पोखरा ।    लकडाउनपछि पोखरामा लामो समयमा सम्भवतः सबैभन्दा बढी पर्यटक प्याराग्लाइडिङ गर्न ओइरिएका छन् । पोखराका आकाशमा दैनिक ५ देखि ६ सय हाराहारीमा प्याराग्लाइडिङ उडेका हुन्छन् ।

     बुटवल, काठमाडौं, चितवन लगायत पूर्वी नेपाल र पश्चिम नेपालका पनि विभिन्न जिल्लाबाट प्याराग्लाइडिङ उडान भर्न आएका पाइन्छ । विशेष गरी युवा युवति प्याराग्लाइडिङमा आकर्षण छन् । 


    व्यवसाय छोडेर अन्यत्रै पलायन भइसकेका प्याराग्लाइडिङ पुनः यही व्यवसायमा फर्किएका छन् । दशैं यता प्याराग्लाइडिङमा विशेष छुट अफर ल्याएपछि प्याराग्लाइडिङ गर्नेहरुको दर ह्वात्तै बढेको हो । 

    अफिस बन्द गरेर पलायन हुने अवस्थामा पुगेका व्यवसायी पुनः व्यवसायमा कसरी फर्किए ? यस विषयमा नेपाल हवाई खेलकुल संस्था(ना)ले प्याराग्लाइडिङ यति छिट्टै ब्युँतिने आँकलन व्यवसायीले नगरेको बताए  । 

    संस्थाका महासचिव बलराम आचार्यले लामो समय सञ्चालनमा आउन्न होला भनेरै व्यवसायी अफिस थन्क्याएर पलायन हुने अवस्थामा पुगेको थियो ।

    यसबाट तत्काल घाटा पूर्ति गर्न सकिन्न कि भन्ने अवस्था भएको हो, तर हामीले यो मूल्यांकन गर्न सकेका थिएनौं । आन्तरिक पर्यटकबाट यति धेरै युवा युवती स्वदेशी पर्यटक आकर्षित भएर आउनुहुन्छ र यति चाँडै सञ्चालनमा आएर सहज होला भनेर मूल्यांकन गर्न सकिएन’, उनले भने, ‘कतिपय कम्पनी ब्याक भए पनि अहिले फेरि पुनः सुचारु भएका बताएका छन् ।

     उडान भर्नेहरुको चाप बढेपछि (ना)ले उडान तालिका नै निकालेको हो । नयाँ समय तालिका अनुसार बिहान साढे ९, १० र ११ गरी तीन राउन्ड एउटा कम्पनीले २ पटक उडान भर्न पाउने छन्  । 

    प्याराग्लाइडिङ गर्ने पर्यटकहरुको फ्लो बढेसँगै उडान तालिका मिलाउनै हम्मेहम्मे परेको उनले बताए । बिदाको दिनमा अझ बढी पर्यटकहरु आउने महासचिव आचार्यले सुनाए ।

    अन्य दिनमा पनि पर्यटकहरुको चाप पर्याप्त आउने गरेको उनले बताए,‘हामी अत्यन्तै खुसी छौं । हामीलाई चाहिने जति पर्यटक आई रहनु भएको छ । लकडाउन अघि प्याराग्लाइडिङमा पर्यटकहरुले त्यति रुचि नदेखाए पनि लकडाउनपछि प्याराग्लाइडिङमा पर्यटकहरुको रुचि बढेको छ ।

    प्याराग्लाइडिङ उडान मूल्य कम गरेसँगै पर्यटकहरुको फ्लो बढेको उनले सुनाए । प्रचार, प्रसारले पनि प्याराग्लाइडिङ प्रति आकर्षण बढेको  हो ।

    नेपालीको यसअघि लागि ७ हजार र विदेशी पर्यटकका लागि ८ हजार भाडादार कायम गरिएकोमा अहिले ३ हजारमा उडान भइरहेको छ । जबकी व्यवसायीहरुले ३ हजार रुपैयाँमा पनि उडान गराउन सक्छन् । ३ हजार रुपैयाँमा पनि तपाईंहरुले उडान त भर्न सक्नु हुने रहेछ, मूल्यमा किन यति धेरै भिन्नता ? हामीले सोध्यौं, जवाफमा उनले भने, ‘हामीले नाफा कमाउनकै लागि व्यवसाय गरेका हौं । अहिले यत्तिकै अफिस खर्च बढाएर राख्नु भन्दा पनि नाफै नभए पनि कमसेकम अपरेशन कष्ट मात्रै उठाएर पनि सञ्चालन गरौं । पर्यटनलाई रिभाइभ गरौं भनेर मूल्यमा कमी गरेका हौं ।’ उनका अनुसार प्याराग्लाइडिङ उडान मुल्य पुनः बढाइने छ ।  

     नेपाल हवाई खेलकुद पोखरा संस्थाबाट उडान अनुमति पाएका ३३८ प्यारापाइलट छन् । ६१ प्याराग्लाइडिङ कम्पनीमध्ये ११ कम्पनीले मात्रै लकडाउनपछि उडान भरिरहेका छन् । 


    एक महिना यता पोखरामा कोरोना संक्रमितको दर पनि ह्वात्तै बढेको छ । जसले संक्रमणको दर थप फैलिने जोखिम पनि बढाएको छ । तर, प्याराग्लाइडिङ व्यवसायीको संस्था (ना) ले सुरक्षा सतर्कतामा पूर्ण कन्सस रहेको जिकिर गरेको बताए । 

    मंगलवार, मंसिर ९ २०७७११:००:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार