सोमबार राति भएको खेलमाबर्नलीले इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा पहिलो जित दर्ता गरेको छ । लिग अन्तर्गत बर्नलीले क्रिष्टल प्यालेसलाई १–० ले पराजित गरेको छ ।
आठौँ मिनेटमा क्रिस वूडले गरेको गोलबाट जित निश्चित गरेको बर्नलीले रेलिगेशन जोनबाट माथि उक्लिएको छ। ८ खेलबाट पाँच अंक जोडेको बर्नली १७ औँ स्थानमा पुगेको छ । पराजित भएको क्रिष्टल प्यालेस ९ खेलबाट १३ अंकसहित ११ औँ स्थानमा छ ।
बर्नलीले यसअघिका सात खेलमा पाँचमा हार बेहोरेको थियो भने दुई खेलमा बराबरी गरेको थियो ।
भाइरसबाट संक्रमित भएको फरवार्ड विल्फ्रेड जाहा बिना खेलेको प्यालेसले आक्राम प्रदर्शन गर्न नसकेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।