बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हामी संसदको हिउँदे अधिवेशन बोलाउन तयार छौं : सापकोटा

हामी संसदको हिउँदे अधिवेशन बोलाउन तयार छौं : सापकोटा

मेगा खबर संवाददाता

८, मंसिर २०७७
  • 2.0K
    SHARES

  • हामी संसदको हिउँदे अधिवेशन बोलाउन तयार छौं : सापकोटा

    काठमाडौं , सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको हिउँदे अधिवेशन शुरु गर्न आफूहरु तयार रहेको बताएका छन् ।

    संघीय संसद सोमबार सचिवालय सिंहदरबारमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख सापकोटाले कोरोना भाइरसको महामारीका बेला विभिन्न विकल्पसहित संसद चलाउन तयारी अवस्थामा रहेको बताए ।

    सभामुख सापकोटाले भने,‘सके सम्म चाँडो संसद अधि वेशन राख्नका लागि छलफल भइरहेको छ । संसद सञ्चालनका लागि धेरै विकल्पहरुसहित एक, दुई, तीन गरेर तयारी गरिएको छ । सभामुख सापकोटाले हिउँदे अधिवेशनमा सरकारले ल्याएका अध्यादेश माथि पनि छलफल हुने बताए ।

    सञ्चाकर्मीको प्रश्नको जवाफ दिने क्रममा सभामुख सापकोटाले संसदको हिउँदे अधिवेशन बोलाउनका लागि सरकारसँग समेत छलफल भइरहेको बताएका छन् । ‘हामी तयारी अवस्थामा छौं, सरकारसँग पनि कुरा चलिरहेको छ,’ सभामुख सापकोटाले भनेका छन् ।

    सोमवार, मंसिर ८ २०७७०४:०३:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार