बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फुटबल उपत्यका व्यापी उपाधि चेवाल युथ क्लबलाई

फुटबल उपत्यका व्यापी उपाधि चेवाल युथ क्लबलाई

मेगा खबर संवाददाता

६, मंसिर २०७७
  • 4.0K
    SHARES

  • फुटबल उपत्यका व्यापी  उपाधि चेवाल युथ क्लबलाई

    भक्तपुर, चाँगुनारायण नगरपालिका–७ भङ्गेरीडाँडा स्थित अन्तर्राष्ट्रिय खेल मैदानमा आज सम्पन्न उपत्यकाव्यापी फुटबल प्रतियोगिताको उपाधि ललितपुरको चेवाल युथ क्लबले हात पारेको छ ।

    भक्तपुर खेलकूद विकास समितिको आयोजना तथा वागेश्वरी मजुवा युथ क्लब चाँगुनारायणको सहआयोजनामा दुई सातादेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेलमा चेवाल युथ क्लबले चाँगुनारायण–९ ताथलीको माता पञ्चकन्या युथ क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ ।

     सामुदायिक अध्ययन केन्द्र चरेली चाँगुनारायणले रोयल ताथली फुटबल क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै केन्द्रले तेस्रो स्थान हासिल गरेको थियो । उपत्यकाका तीन जिल्ला काठमाडौँ ,भक्तपुर र ललितपुरका १५ वटा समूहको सहभागिता थिए।

    प्रथम हुने चेवाल युथ क्लबलाई रु एक लाख, दोस्रो हुने माता पञ्चकन्या युथ क्लबलाई ५० हजार र तेस्रो हुने मिर्मिरे सामुदायिक अध्ययन केन्द्रलाई रु २५ हजार नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा अञ्जित ढकाल र जेनिस प्रजापति उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

    कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रथम, द्वितीय र तृतीय हुने समूह, उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरे । जिल्ला खेलकूद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाले प्रतियोगितामा कूल रु पाँच लाख ७५ हजार खर्च भएको जानकारी दिए ।

    प्रतियोगिताको आयोजनाका लागि चाँगुनारायण नगरपालिकाले ५० हजार, प्रथम र तेस्रो पुरस्कारका लागि व्यवसायी विज्ञान राई, किरण थापा, पूर्ण लिम्बू र दोस्रो पुरस्कारका लागि रमेश बुढाथोकीले रकम प्रदान गरेका थिए। खेलकूदका विकासमा टेवा पुर्‍याउनका लागि वागेश्वरी मजुवा युथ क्लबलाई नगरकोट जीपलाइनका प्रो प्रेम बस्नेतले एक लाख र वागेश्वरी हाउजिङका राजु खड्काले ५० हजार प्रदान गरेका थिए। रासस

     

    शनिवार, मंसिर ६ २०७७०७:५६:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार