काठमाडौं । विश्व नम्बर एक नोभाक जोकोविच एटिपी फाइनल्सको अन्तिम चारमा प्रवेश गरेका छन् । एलेक्सान्डर स्वेरेभलाई पराजित गरेर सर्बियन जोकोविचले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
लण्डनमा भएको राउण्ड रोबिनको अन्तिम खेलमा जर्मन स्वेरेभलाई जोकोविचले ६–३ र ७–६ ९७–४० को सोझो सेटमा पराजित गरेका हुन् । जोकोविचले फाइनलमा स्थान बनाउनका लागि शनिबार डोमिनिक थिएमसँग प्रतिस्पर्धा गर्ने छन् ।
युएस ओपन विजेता थिएम लण्डन २०२० समूहको विजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् भने जोकोविच टोकियो १९७० समूहको उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका हुन् ।
अर्को सेमिफाइनलमा डानिल मेडभेडेभले राफायल नाडालसँग प्रतिस्पर्धा गर्ने छन् । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।