बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रचण्डले पौडेल लगत्तै नेम्वाङलाई भेटे

प्रचण्डले पौडेल लगत्तै नेम्वाङलाई भेटे

मेगा खबर संवाददाता

५, मंसिर २०७७
  • 4.3K
    SHARES

  • प्रचण्डले पौडेल लगत्तै नेम्वाङलाई भेटे

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी महासचिव विष्णु पौडेललाई भेटे लगत्तै स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई भेटिरहेका छन् । पार्टी कार्यालयमा ओली पक्षका नेतासँग एकपछि अर्को गर्दै भेटिरहेका उनले परिस्थिति गम्भीर रहेको प्रतिक्रिया दिएका छन् ।

    अर्का अध्यक्ष केपी शर्मा ‌ओली र कार्यकारी अध्यक्ष प्रचण्ड पक्षबीच विवाद बढ्दै गएको छ । उक्त विवादका कारण कार्यकर्तासमेत विभाजित हुन थालेका छन् । यस्तो परिस्थितिमा प्रचण्डले दोस्रो तहका नेताहरुसँगको भेटघाट तीव्र बनाएका हुन् । 

    यस्ता भेटघाट आफ्नो निवास खुमलटारमै गर्ने गरेका प्रचण्डले यसपल्ट पार्टी कार्यालय रोजेका छन् । प्रचण्डसँगको भेटपछि महासचिव पौडेलले स‌ंक्षिप्त प्रतिक्रिया दिँदै गम्भीर समयको स्वभाविक भेटघाट भनेका छन् । 

    शुक्रवार, मंसिर ५ २०७७०२:२५:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार