सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अतिक्रमित भूमि समेटेर नक्सा बनाउनु ऐतिहासिक कोसेढुंगा भएको बताएका छन्।
उनले सार्वभौमिकता र भौगोलिक अखण्डता रक्षाको सन्दर्भमा ऐतिहासिक कोसेढुंगा बनेको पनि बताए।
मन्त्रिपरिषदको सोमबारको बैठकले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा पारित गरेको थियो। उक्त नक्सा सरकारले केही दिनमा सार्वजनिक गर्दैछ।
प्रवक्ता श्रेष्ठले अबको मुख्य काम आफ्नो भूमि फिर्ता लिइछाड्नु रहेको बताएका छन्। मंगलबार ट्वीट गर्दै श्रेष्ठले भूमि फिर्ताका लागि राष्ट्रिय एकतासाथ अघि बढ्न आग्रह गरेका छन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।