काठमाडौं । बिरालोको आवाज ‘म्याउँ’ ट्रान्सलेट गर्ने एपको विकास भएको छ । अमेजन एलेक्सा कम्पनीका इन्जिनियरले ‘म्याउँटक’ एपको विकास गरेका हुन् ।
म्याउँटकले बिरालोको आवाजलाई रेकर्ड गरेर बिरालोले के भन्न खोजेको त्यसलाई पत्ता लगाउन मद्दत गर्ने बताइएको छ ।हालसम्म १३ वटा वाक्याँश मात्र यस एपमा समावेश छ । जहाँ बिरालोका भावः भोग लाग्यो, म रिसाए, मलाई एक्लै छाडिदेउजस्ता वाक्याँश समेटिएका छन् ।

एपमा पहिल्यै राखिएका डेटाको माध्यमबाट एपले बिरालोले के भन्न खोजेको पत्ता लगाउँछ । यस एप थप विकास र परिस्कृत हुँदै जाने बताइएको छ । हाल यो एप गुगल प्ले स्टोर र आइफोनको एप स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिने जनाइएको छ । एजेन्सी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।