बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेसन्स लिगः बेल्जियम र इटाली फाइनलमा प्रवेश

नेसन्स लिगः बेल्जियम र इटाली फाइनलमा प्रवेश

मेगा खबर संवाददाता

४, मंसिर २०७७
  • 2.5K
    SHARES

  • नेसन्स लिगः बेल्जियम र इटाली फाइनलमा प्रवेश

    एजेन्सी

    काठमाडौं । रोमेलु लुकाकुको दुई गोलको मद्दतले डेनमार्कलाई हराउँदै बेल्जियमले यूईएफए नेसन्स लिगको फाइनल स्थानमा बनाउन सफल भएको छ । बुधबार राति भएको खेलमा बेल्जियम ४–२ गोल अन्तरले विजयी बनेको हो ।

    योरी टेलिमान्सले खेलको तेस्रो मिनेटमा बेल्जियमलाई अग्रता दिलाए पनि जोनास विन्डले डेनमार्कका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा लुकाकुले दुई गोल गर्दै बेल्जियमलाई ३–१ को अग्रता दिलाए । नासेर चाड्लीको आत्मघाती गोलले बेल्जियमको अग्रता कम भए पनि लगत्तै केभिड डि ब्रुयनाले गोल गर्दै बेल्जियमको जीत सुनिश्चित गरे ।

    जीतसँगै समूह ए २ को शीर्ष स्थान कब्जा गर्दै बेल्जियमले इङ्ल्याण्डको फाइनल्समा पुग्ने आशा समाप्त गरेको छ । बेल्जियम फ्रान्स, स्पेन र इटालीसँगै फाइनल्समा पुगेको छ । समूह कै अन्य खेलमा इङ्ल्याण्डले १० खेलाडीमा सिमित आइसल्याण्डमाथि ४–० को सहज जित हासिल गर्यो । इङ्ल्याण्डको जीतमा फिल फोडेनले दुई तथा डेल्कन राइस र मेसन माउन्टले एक–एक गोल गरे ।

    अन्य खेलमा इटालीले बोस्निया हर्जगोभिनालाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनल्समा स्थान बनायो । नेदरल्याण्डले पोल्याण्डलाई २–१ गोल अन्तरले हराए पनि फाइनल्समा पुग्नबाट बञ्चित रह्यो । 

    बिहिवार, मंसिर ४ २०७७०८:२१:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार