काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक मंसिर १३ गते बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेका बैठकमा प्रधानमन्त्री ओलीले अब बस्ने बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्ने निर्णय गरेका छन् ।
विवाद समाधानका विषयमा यसअघिका प्रस्ताव र ओलीले पेश गर्ने प्रस्तावका आधारमा समाधान निकाल्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले मंसिर १८ गते स्थायी कमिटी बैठक बस्ने र १५ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठक मंसिर २५ बोलाउने सहमति भएको छ । यसअघि केन्द्रीय कमिटी बैठक मंसिर १५ गतेलाई बोलाइएको थियो ।
बैठकमा प्रधानन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।