बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बालुवाटारमा नेकपा सचिवालय बैठक, ओली पनि सहभागि

बालुवाटारमा नेकपा सचिवालय बैठक, ओली पनि सहभागि

मेगा खबर संवाददाता

३, मंसिर २०७७
  • 3.2K
    SHARES

  • बालुवाटारमा नेकपा सचिवालय बैठक, ओली पनि सहभागि

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।सकेसम्म बैठक बस्नै नदिने रणनीतिमा लागेका प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली पनि बैठकमा उपस्थित भएका छन् ।

    उनिअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बैठकमा पुगेका थिए । आजको बैठकमा शुक्रबार प्रचण्डले पेश गरेको प्रतिवेदनको ओलीले जवाफ दिने नदिनेबारे प्रष्ट भएको छैन । ओलीले नेताहरुसँग प्रचण्डले लगाएका आरोप बेतूकको रहेको भन्दै जवाफ नदिने बताएका थिए ।

    प्रधानमन्त्री ओलीले केहिबेरमै मन्त्रिपरिषद बैठक पनि राखेका छन् । दिउँसो २ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएकाले उनि आफ्नो धारणा राखेर निस्कनेछन् ।

    सचिवालय बैठक बस्नुअघि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका थिए । त्यसअघि हिजो पनि उनले राष्ट्रपतिसँग भेट गरेका थिए ।

    बुधवार, मंसिर ३ २०७७०२:०५:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार