नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम् पुर्ब सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएको महिलाको शिशुलाइ सहयोग गर्ने बताउनुभएको छ । महिलाको गत २ गते धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारको लागि पचास हजार रुपँया सहयोग गर्ने बताउनुभएको हो ।
यो सहयोग शिशुको बुबा अस्पातलबाट फर्केपछि हस्तान्तरण गरिने उहाँले बताउनुभयो । त्यस्तै शिशलाई १२ कक्षा सम्म निशुल्क रूपमा शिक्षा लगायतको विभिन्न सहयोग र उच्च शिक्षा पश्चात् रोजगारी समेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उहाँले प्रतिबद्द्ता जनाउनुभयो ।कोरोना भाइरस संक्रमण कारण मृत्यु भएकी महिला पूर्वमन्त्री बस्नेतको छिमेकी गाउँकी हुन् ।ती महिलाले वैशाख २४ गते शिक्षण अस्पताल महाराजगञ्जमा उनले छोरालाई जन्म दिएकी थिइन् । उनको नवजात शिशु धुलिखेल अस्पतालको आईसोलेसनमा राखिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।