काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आरोप मात्र लगाउने तर विवाद नमिलाउने असन्तुष्ट पक्षलाई ध्यानाकर्षण गराएका छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल समूहले आफूमाथि आरोप लगाउने तर पार्ट विवाद समाधानको कुनै उपाय नदिएको भन्दै लिखित पत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।
प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहले आफूमाथि आरोप(प्रत्यारोप मात्र सीमित गरेको तर कुनै पनि दिन पार्टीभित्रको विवाद कसरी समाधान गर्ने भन्ने विषयमा कुनै पनि उपाय नदिएकोप्रति ध्यानाकर्षण गराएका छन्, । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ,भदौ २६ को स्थायी कमिटी बैठकले सरकार र पार्टीको अलग(अलग जिम्मेवारी दिँदा पनि प्रचण्डले पार्टीको कुनै पनि काम नगरेकोप्रति पनि सचेत गराएका छन् ।
भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले पार्टीको सम्पूर्ण जिम्मेवारी तोकिदिँदा पनि प्रचण्डले १० दिनभित्र ल्याउनुपर्ने महाधिवेशन कार्ययोजना पेस नगरेको तर सरकारका काम कारबाहीप्रति निरन्तर हस्तक्षेप गरिरहेको आरोप पत्रमा उल्लेख छ । सरकारको काम कारबाहीमा सल्लाह र नीतिगत सुझाव दिने जिम्मेवारी प्रचण्डको भए पनि सरकार नै सञ्चालन गर्न पाउनुपर्ने जसरी व्यवहार गरेर स्थायी कमिटीको निर्णयविपरीत उभिएको पनि ओलीले पत्रमार्फत जवाफ पठाएका छन् ।
गत कात्तिक २२ गते प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउनुपर्ने माग राख्दै दुई पृष्ठ लामो पत्र दिएका असन्तुष्ट समूहलाई प्रधानमन्त्रीले जवाफ र प्रतिप्रश्नसहित पाँच पृष्ठ लामो पत्र पठाएका हुन् । कार्यकारी अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा असन्तुष्ट समूहका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोधार्थ दिइएको छ ।
‘‘प्रधानमन्त्रीलाई आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न नदिने, नीतिगत सुझाव दिनुको सट्टा आरोपमात्रै लगाएर निकास दिन आनाकानी गर्ने, राजनीतिक नियुक्तिदेखि पियनसम्ममा चासो राख्ने काम गर्, पत्रलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘‘यो दुई महिनाका बीचमा न त उनले पार्टीभित्रको विवाद मिलाउने खाका ल्याए, न त कुनै कार्ययोजना, महाधिवेशनका लागि मस्यौदा नै बनाए । आफ्नो काम अलिकति पनि नगर्ने तर प्रधानमन्त्रीको काममा हस्तक्षेप गर्ने उनको रवैया ठीक छैन भन्ने आशयका साथ पत्र पठाएका थिए ।
गत कात्तिक २२ गते प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउनुपर्ने माग राख्दै दुई पृष्ठ लामो पत्र दिएका असन्तुष्ट समूहलाई प्रधानमन्त्रीले जवाफ र प्रतिप्रश्नसहित पाँच पृष्ठ लामो पत्र पठाएका हुन् । कार्यकारी अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा असन्तुष्ट समूहका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोधार्थ दिइएको छ ।
प्रधानमन्त्री ओलीले पार्टीको आधिकारिक कमिटीमा छलफल नगर्ने तर विभिन्न गुटका बैठक राखेर गरेको निर्णय लागू गराउन खोज्दा समस्या भएको आरोप लगाएका छन्। ‘‘अन्त कतै बैठक बसेर निर्णयमा पुग्ने अनि त्यही निर्णय लिएर पार्टीको बैठकमा आउने जस्ता गतिविधिले समस्या पारेको प्रधानमन्त्रीज्यूको भनाइ छ,’’ स्रोतले भन्यो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।