बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फ्रान्स फिनल्याण्डसँग स्तब्ध

फ्रान्स फिनल्याण्डसँग स्तब्ध

मेगा खबर संवाददाता

२७, कार्तिक २०७७
  • 3.8K
    SHARES

  • फ्रान्स फिनल्याण्डसँग स्तब्ध

    सन् २०१८ को विश्वकप विजेता फ्रान्समाथि फिफा बरियतामा ५५औं स्थानमा रहेको फिनल्याण्डले ऐतिहासिक जित हात पारेको हो ।

    विश्व विजेता फ्रान्स मैत्रीपूर्ण फुटबल खेलमा फिनल्याण्डसँग पराजित भएको छ । गएराति भएको खेलमा फ्रान्स फिनल्याण्डसँग २-० ले पराजित भएको छ ।

    फ्रान्सलाई हराउन उसैको मैदानमा मार्कुस फोसले २८औं र ओन्नी भालाकारीले ३१औं मिनेटमा गोल गरे ।

    फ्रान्सले पउल पोग्वा लुकास डिग्ने ओलिभर जिरुड जस्ता खेलाडी खेलाएको थियो । दोस्रो हाफमा एन्टोनी ग्रीजमन एन्टोनी मार्सियल र एनगोलो कोन्टेलाई मैदान पठाए पनि फ्रान्सले हार टार्न सकेन ।

    मैत्रीपूर्ण खेलमै पूर्व विश्व विजेता स्पेनले नेदरल्याण्ड्सँग १-१ को बराबरी खेलेको छ । नेदरल्याण्ड्सको योहान क्रफ एरेनामा भएको खेलको १९औं मिनेटमा सर्जियो कानालेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर ४७औं मिनेटमा डोनी भान डे बिकले डच टोलीका लागि बराबरी गोल फर्काए ।

    यस्तै जर्मने चेक रिप्लिकलाई १-० ले पराजित गरेको छ । जर्मनीको जितमा खेलको १८औ मिनेटमा जियन लुका वाल्डसिमिटले एक मात्र गोल गरे ।

    बिहिवार, कार्तिक २७ २०७७०८:१८:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार