बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

तपाँईको आजः राशिफल

तपाँईको आजः राशिफल

मेगा खबर संवाददाता

२७, कार्तिक २०७७
  • 1.8K
    SHARES

  • तपाँईको आजः राशिफल

    मेष– (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
    आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । 

    वृष– (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । वैदेशिक कार्यपनि अघि बढ्ला ।

    मिथुन– (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
    आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । पारिवारिक जीवन सन्तोष प्रदायक नै रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

    कर्कट– (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
    अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

    सिंह– (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
    मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्रापनि हुनेछ ।

    कन्या– (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
    आज सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरू धेरै भेटिनेछन् । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।


    तुला– (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
    जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । 

    वृश्चिक– (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
    हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

    धनु– (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    धार्मिक यात्राको योगछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

    मकर– (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
    आज नयाँ नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।

    कुम्भ– (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । 

    मीन– (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    आज धार्मिक कार्यमा रुचि बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मक नै देखिन्छ ।

     

    बिहिवार, कार्तिक २७ २०७७०८:१६:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार