बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा

दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा

मेगा खबर संवाददाता

२४, कार्तिक २०७७
  • 3.5K
    SHARES

  • दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा

    काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

    गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो दिल्ली आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । तर, यस सिजनका लेग स्पिनर सन्दीपले खेल्ने मौका भने पाएनन् । अब दिल्लीले उपाधिका लागि साविक विजेता मुम्बई इण्डियन्ससँग भोलि फाइनल खेल्नेछ । एजेन्सी

    सोमवार, कार्तिक २४ २०७७०८:५१:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार