काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढ्दै गएपछि गुटगत भेलाहरुले निरन्तरता पाउने क्रम बढेको छ ।
यसअघि प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गुटगत भेला गरेको आरोप लगाउदै आएका थिए । आजभने ओली समर्थक नेताहरुको भेला बसुन्धारामा आयोजना गरेका छन् ।
नेकपा जिल्ला अध्यक्ष कृष्ण राईको संयोजकत्वमा भएको उक्त भेलामा उपप्रधानमन्त्री इश्वर पोखरेलले सम्बोधन गरेका थिए । सम्बोधनमा पोखरेलले पार्टी संकटमा रहेकाले त्यसैअनुसारको भूमिका खेल्न र विवादको वास्तविकता बुझ्न सबैमा आग्रह गरेको बताइएको छ ।
बैठकमा माधव कुमार नेपाल पक्षधर नेताहरुको सहभागीता नरहेको बताइएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।