एजेन्सी । आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन्।
आबुधावीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे हुने दोस्रो क्वालिफायर विजेताले फाइनलमा मुम्बई इण्डियन्ससँगको भेट पक्का गर्नेछ । लिग चरणका दुवै भेटमा दिल्लीलाई पराजित गरेकाले हैदरावाद उच्च मनोबनलसहित मैदान उत्रनेछ ।
दिल्ली भने पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएको थियो । हैदरावादले इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै क्वालिफायरमा पुगेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।