बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तपाँइको आजः राशिफल 

तपाँइको आजः राशिफल 

मेगा खबर संवाददाता

२३, कार्तिक २०७७
  • 2.0K
    SHARES

  • तपाँइको आजः राशिफल 

    मेष– ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज पुनर्मिलनको योग रहेको छ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योगछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

    वृष– ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेममा मधुरता छाउनेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।

    मिथुन– ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्नमा आउला ।

    कर्कट– ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) आज धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन ।

    सिंह– ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) आज मनमा दुविधा उत्पन्न हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ प्रति सजकता अपनाउन जरूरी देखिन्छ ।

    कन्या– ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । सोचेका काम पूरा हुनेछन् ।

    तुला– ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।

    वृश्चिक– ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

    धनु– ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज कार्यमा अवरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुन सक्छ ।

    मकर– ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्ला । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैशा खर्च हुने योग देखिन्छ ।

    कुम्भ– ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ ।

    मीन– ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ । धर्म,कर्ममा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला ।

     

    आइतवार, कार्तिक २३ २०७७०८:२१:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार