बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रचण्डले बोलाए सचिवालय बैठक, ओलीको उपस्थिति नरहने

प्रचण्डले बोलाए सचिवालय बैठक, ओलीको उपस्थिति नरहने

मेगा खबर संवाददाता

२१, कार्तिक २०७७
  • 4.5K
    SHARES

  • प्रचण्डले बोलाए सचिवालय बैठक, ओलीको उपस्थिति नरहने

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । पार्टीभित्र अर्का अध्यक्ष केपी शर्मा ओलीसँग चिसिएको सम्बन्धका विषयमा छलफल गर्न उनले बैठक बोलाएका हुन् ।

    पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजे बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जनाएका छन् । बैठक बोलाउने विषयमा प्रचण्डले अर्का अध्यक्ष ओलीसँग परामर्श गरेपनि सहमति नभएको बताइएको छ । दिउँसो बोलाइएको सचिवालय बैठकमा ओलीको उपस्थिति नरहने बताइएको छ । ओलीले आफ्नो सहमति बेगर बोलाइएको कुनैपनि बैठकले गरेको निर्णयहरू नमान्ने बताउँदै आएका छन् ।

    सत्ता सञ्चालन र पार्टी सञ्चालनमा नेकपा भित्र दुई अध्यक्षसँगै शिर्ष नेताहरुको अन्तरसंघर्ष चुँलिदो छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको लाइन अनुसार सरकार नचलाएको आरोप प्रचण्ड, माधब नेपाल पक्षको छ । केपी ओली पक्षले भने प्रचण्डले पार्टी सञ्चालनका कामहरु नगरी सरकारलाई नै असफल बनाउने सड्यन्त्र गरेको आरोप छ ।

    नेकपामा दुई अध्यक्षसहित शिर्षस्थ नेताहरुविचको अन्तरसंघर्षले पार्टी विभाजनमा मुखमा पुगेको छ । दोस्रो तहका नेताहरुले पार्टी विभाजन रोक्न प्रयास गरेपनि शक्ति संघर्षको रडाँको थामिएको छैन । 

    आज बोलाइएको अनौपचारिक सचिबालय बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल गर्ने र सचिबालयका सदस्यहरुको मनोभावना बुझ्ने स्रोतले जनाएको छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०१:४०:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार