बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :
खेल

युरोपा लिगः आर्सनलको सहज जित, रेफ्रीको निर्णयमा असन्तुष्टि

युरोपा लिगः आर्सनलको सहज जित, रेफ्रीको निर्णयमा असन्तुष्टि

मेगा खबर संवाददाता

२१, कार्तिक २०७७
  • 3.3K
    SHARES

  • युरोपा लिगः आर्सनलको सहज जित, रेफ्रीको निर्णयमा असन्तुष्टि

    एजेन्सी । युरोपा लिगमा मोल्डेलाई ४–१ ले पराजित गरेको छ । दुई आत्मघाती गोल उपहार पाएको आर्सनलले गएराति मोल्डोई पराजित गरेको हो । 

    सहज विजय हासिल गरे पनि आर्सनल प्रशिक्षक माइकल आर्टेटाले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै भिडिओ सहायक रेफ्रीको प्रयोग गर्नुपर्ने बताए ।

    सतप्रतिसत नतिजा निकालेको आर्सनल समूह ‘बी’ मा ९ अंकका साथ शीर्ष स्थानमा छ ।

    निकोलस पेपेको पासमा ईडीए एनकेटियाले गरेको गोलबाट आर्सनलले बराबरी गोल फर्काएको थियो । तर रेफ्रीले उक्त गोललाई अफसाइड घोषणा गरिदिएका थिए । त्यसअघि मार्टिन इलिङसेनले गरेको गोलबाट मोल्डेले अग्रता लिएको थियो ।

    पहिलो हाफको अन्तिम मिनेटमा क्रिस्टोफर हाउजेनको आत्मघाती गोलमा आर्सनलले बराबरी गर्‍यो । ६२औं मिनेटमा शेरिफ सिनयानले गरेको आत्मघाती गोलमा आर्सनलले अग्रता लियो ।

    शुक्रवार, कार्तिक २१ २०७७०८:३४:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार