बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मिथिला चित्रकला प्रतियोगिता ‘चित्रमञ्जरी’ सम्पन्न

मिथिला चित्रकला प्रतियोगिता ‘चित्रमञ्जरी’ सम्पन्न

मेगा खबर संवाददाता

२०, कार्तिक २०७७
  • 3.1K
    SHARES

  • मिथिला चित्रकला प्रतियोगिता ‘चित्रमञ्जरी’ सम्पन्न

    वीरगञ्ज । चित्रांश युवा समितिको आयोजनामा मिथिला चित्रकला प्रतियोगिता चित्र मञ्जरी २०२० सम्पन्न भएको छ । २१ जना प्रतिस्पर्धीहरुको सहभागिता रहेको प्रतियोगितामा लिसा कर्ण प्रथम, दितिय सुभेक्षा कर्ण र सलोनी कर्णले तृतिय स्थान हासिल गरेका छन् ।

    विजेताहरुलाई मेडल, प्रमाणपत्र तथा धनराशी प्रथमलाइ ५ हजार ५ सय ५५ दोस्रोलाई ३ हजार ३ स ३३ र तेस्रो हुनेलाइ १ हजार १ सय ११ सहित पुरस्कार वितरण गरिएको थियो ।

    मिथिला पेन्टिङ लाई पनि चिनिने गरेको छ । नेपाल मा यसको महत्व कम भएको र पहिला अर्पण, कोहवर मात्र सिमित थियो भने अहिले मिथिला चित्रकला कमर्सियल सकेका र बिदेश मा यसको निकै महत्वपूर्ण रहेकोे दिल्ली पव्लिक स्कूल का प्रध्यानाध्यापकले बताए।

    मिथिला चित्रकला मात्र जनकपुर र वीरगञ्ज मात्र नभएर देश र बिदेशको कला भईसकेको बताए । मिथिला पेन्टिङ लाई बिदेशमा धेरै रूचाउने भएको हुँदा आर्थिक आम्दनी को स्रोत पनि वनाउन सकिने संसद लक्ष्मन लाल कर्ण बताए । प्रतियोगितामा रन्जिभ आनन्द, निता मल्लिकले निर्णायकको भुमिका निर्वाह गरेको चित्रांश युवा समितिका संयोजक राजन श्रीवास्तवले जानकारी दिए । 

    123681960_1066382227154885_4744859128691541101_n.jpg

    बिहिवार, कार्तिक २० २०७७०६:०८:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार