एजेन्सी । गायक आदित्य नारायण झाले उनको लामो समयदेखिको प्रेमिका श्वेता अग्रवालसँग डिसेम्बरमा विवाह गर्ने घोषणा गरेका छन् ।
दुई दिनअघि उनले सामाजिक सञ्जालमा श्वेतासँगको एक तस्विर पोस्ट गर्दै आफूहरु आफ्नो प्रेमलाई विवाह बन्धनमा परिणत गर्ने बताएका छन् ।
बलिउड फिल्म उद्योगमा ख्याति कमाएका गायक उदित नारायण झा र गायिका दिपा श्री निरौँलाका छोरा आदित्यको विवाहको तयारी पनि सुरु भइसकेको छ ।
आदित्य र श्वेताको ‘रोका सेरेमनी’को तस्बिर बाहिर आएको छ । तस्बिरमा आदित्य तथा श्वेता दुबै तर्फका परिवार सदस्य एकसाथ देखिएका छन् । तस्बिरमा आदित्य र श्वेता एकसाथ सगुन समेत लिएर बसेको देख्न सकिन्छ । ३३ वर्षीय आदित्य प्लेब्याक गायकका साथै कार्यक्रम प्रस्तोता, अभिनेता पनि हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।