काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रहरभन्दा पनि देशको आवश्यकता र जनताको समर्थनका कारण आफू प्रधानमन्त्री निर्वाचित भएको उनले बताए । उनले सरकारको स्थिरतामा आशंका नगर्न आग्रह गरेका छन् ।
बुधवार त्रिवि शिक्षण अस्पताल परिसरमा निर्मित एक भवनको उद्घाटन गर्दै ओलीले आफूले राजीनामा गरेर देशलाई वर्वादीतर्फ जान नदिने उल्लेख गरेका हुन् । पार्टीभित्र आफूलाई घेराबन्दीमा पारिएको समयमा ओलीको यस्तो अभिव्यक्ति आएको हो ।
‘तपाईंहरू विचार गर्नुस्, के अहिले मैले राजीनामा गर्न हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि । मैले राजीनामा दिनु भनेको देशलाई वर्वादीतर्फ जान दिनु हो, त्यसकारण म राजीनामा दिनेवाला छैन,’ ओलीले भने ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।