मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

सुनको मूल्य बढ्यो, चाँदीमा गिरावट

सुनको मूल्य बढ्यो, चाँदीमा गिरावट

मेगा खबर संवाददाता

११, कार्तिक २०८३
  • 382
    SHARES

  • सुनको मूल्य बढ्यो, चाँदीमा गिरावट

    काठमाडौं, नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

    महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ । सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, मंगलबार सुनको मूल्य प्रतिदश ग्राम २ लाख ४२ हजार २५ रुपैयाँ कायम भएको छ । यता,चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर ३ हजार ९७० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    मंगलबार चाँदीको मूल्य प्रतिदश ग्राम ३ हजार ४०४ रुपैयाँ कायम भएको छ।

    मंगलवार, कार्तिक ११ २०८३११:२५:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार