मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

दसैँमा गाडी चलाउनेलाई राहत, बिदामा पनि इन्धन आपूर्ति नरोक्ने निगमको तयारी

दसैँमा गाडी चलाउनेलाई राहत, बिदामा पनि इन्धन आपूर्ति नरोक्ने निगमको तयारी

मेगा खबर संवाददाता

३०, आश्विन २०८३
  • 223
    SHARES

  • दसैँमा गाडी चलाउनेलाई राहत, बिदामा पनि इन्धन आपूर्ति नरोक्ने निगमको तयारी

    काठमाडौं दसैँको बिदामा पनि पेट्रोल, डिजेल र ग्यासको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले आफ्ना डिपो खुला राख्ने भएको छ ।

    निगमले शुक्रबार सूचना जारी गर्दै स्थानीय आवश्यकताअनुसार प्रादेशिक तथा शाखा कार्यालय र डिपो सञ्चालनको तालिका सार्वजनिक गरेको हो ।

    बिदाका बेला इन्धनको आपूर्ति वा उपलब्धतामा समस्या आए तत्काल समाधानका लागि निगमले सम्पर्क अधिकारीसमेत तोकेको छ ।

    पेट्रोल तथा डिजेलसम्बन्धी समस्याका लागि नवराज पोखरेल (९८४१४८०२०७) र एलपी ग्यास तथा हवाई इन्धनसम्बन्धी समस्याका लागि सञ्जीव सङ्ग्रौला (९८४१४३३६०४) लाई सम्पर्क गर्न सकिने निगमले जनाएको छ ।

    PaRaSa-20830630_page-0001

    शुक्रवार, आश्विन ३० २०८३०५:३८:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार