बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सीता महराको निधनप्रति प्रचण्डले दुःख व्यक्त गरे

सीता महराको निधनप्रति प्रचण्डले दुःख व्यक्त गरे

मेगा खबर संवाददाता

१९, कार्तिक २०७७
  • 2.3K
    SHARES

  • सीता महराको निधनप्रति प्रचण्डले दुःख व्यक्त गरे

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधनप्रति दुःख  व्यक्त गरेका छन् । बुधबार एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।

    दशैंमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा बुधबार बिहान ६ः२५ बजे उनको निधन भएको थियो ।

    उनको त्यहाँ उपचार हुन नसकेपछि १४ गते शुक्रबार हेलिकोप्टरमार्फत काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनलाई कोरोना पोजिटिभ देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो। उनी विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् ।

    वि.सं. २०१८ साउन १३ गते शुक्रबार जन्मिएकी उनको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी रहेका छन् । महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो ।

    बुधवार, कार्तिक १९ २०७७११:५२:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार