मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

‘चार महिनामै कायापलट हुँदैन, भोट फिर्ता लैजानुस्’ : गृहमन्त्री गुरुङ

‘चार महिनामै कायापलट हुँदैन, भोट फिर्ता लैजानुस्’ : गृहमन्त्री गुरुङ

मेगा खबर संवाददाता

१, भाद्र २०८३
  • 763
    SHARES

  • ‘चार महिनामै कायापलट हुँदैन, भोट फिर्ता लैजानुस्’ : गृहमन्त्री गुरुङ

    काठमाडौँ, चुनावका बेला गरेको वाचा पूरा नभएको भन्दै गोरखाका मतदाताले प्रश्न गरेपछि गृहमन्त्री सुधन गुरुङले चार महिनामै सबै काम पूरा गर्न नसकिने बताएका छन् ।

    आइतबार शहीद लखन गाउँपालिका–९ का स्थानीयसँगको भेटमा रास्वपा वडा सचिव खोपेन्द्र लामिछानेले चुनावका बेला गाउँमा ल्याबका लागि बजेट छुट्याउने प्रतिबद्धता सम्झाउँदै ‘बजेट खै?’ भनेर प्रश्न गरेका थिए ।

    जवाफमा गुरुङले सरकारको पहिलो बजेट आएको केही समय मात्रै भएको भन्दै तत्कालै सबै अपेक्षा पूरा गर्न नसकिने बताए ।

    ‘चार महिनामा अहिले बल्ल पहिलो बजेट हाम्रो आएको छ । चार महिनामै कायापलट गर्न म सक्दिनँ, भोट लिएर जानुस्,’ उनले भने ।

    गुरुङले आफूलाई विश्वास गर्न नसके अर्को निर्वाचनमा नजिताउनसमेत आग्रह गरे । ‘मलाई तपाईंहरूले विश्वास गर्न सक्नुहुन्न भने मलाई नजिताउनुस् । मलाई पाँच वर्ष हेर्नुस्,’ उनले भने ।

    मतदाताले चुनावका बेला बोलेका कुरा सम्झाउँदै तत्काल काम गर्न दबाब दिएपछि गुरुङले ‘अहिले चाहियो भन्दैमा पाइन्छ?’ भन्दै समय दिन आग्रह गरेका थिए ।

    गृहमन्त्री गुरुङको यही अभिव्यक्तिको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

    सोमवार, भाद्र १ २०८३११:०३:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार