काठमाडौँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८२८३ को चौथो त्रैमासिक अर्थात् वैशाखदेखि असारसम्मको कार्यप्रगति विवरण सार्वजनिक गरेको छ ।
सूचनाको हकसम्बन्धी ऐनअनुसार स्वतः प्रकाशन गरिएको प्रतिवेदनमा सुशासन प्रवर्द्धन, विकास निर्माणलाई गति दिन तथा जनगुनासो सम्बोधन गर्न महत्वपूर्ण काम भएको उल्लेख गरिएको छ ।
प्रतिवेदन अनुसार ‘जेनजी’ आन्दोलनपछिको अवस्थालाई ध्यानमा राख्दै सेवा प्रवाह र विकास निर्माणलाई प्रभावकारी बनाउन सचिवहरूलाई आवश्यक निर्देशन दिइएको छ ।
त्यस्तै, सरकारी कार्यालयमा हुने अनियमितता र ढिलासुस्ती नियन्त्रण गर्दै भ्रष्टाचार न्यूनीकरण गर्न कार्यालय प्रमुखहरूलाई थप जिम्मेवार र जवाफदेही बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रतिवेदनमा नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउने, विकास निर्माणका कामलाई परिणाममुखी बनाउने तथा सरकारी निकायको कार्यसम्पादनमा सुधार ल्याउने विषयलाई प्राथमिकतामा राखिएको उल्लेख छ ।




मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।