काठमाडौँ, फिफा विश्वकप २०२६ अन्तर्गत समूह आईको खेलमा नर्वेले सेनेगललाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको छ। न्यूर्योक, न्यूजर्सी स्टेडियममा भएको खेलमा पहिलो हाफमा १–० को अग्रता बनाएको नर्वेले दोस्रो हाफमा २ गोल गर्दै २ गोल बेहोर्यो।
नर्वेको जितमा अर्लिङ हाल्याण्डले २ गोल गरे । ४३ मिनेटमा मार्कस होल्मग्रेन पेडेरसेनले गोल गरी नर्वेलाई सुरूवाती अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटमै हालाण्डले गोल गरी अग्रता दोब्बर पारे । ५३ मिनेटमा सेनेगलका इस्माइला सारले गोल गरे । ५८ मिनेटमा हालाण्डले गोल गरेपछि नर्वे ३-१ को सहज अवस्थामा थियो ।
९० मिनेटपछि थपिएको अतिरिक्त समयको तेस्रो मिनेटमा सेनेगलका इस्माइला सारले गोल गरेपछिका खेलमा भने सेनेगल नर्वेमाथि हाबी भएको थियो ।
यद्यपि गोल थप्न नसेकेपछि नर्वेले ३-२ को नतिजा निकाल्दै नक आउट प्रवेश निश्चित गरेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।