मंगलवार, श्रावण १२ २०८३Jul 28 2026

  • TRENDING NOW :

सभापति रवि र प्रधानमन्त्री शाहले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन

सभापति रवि र प्रधानमन्त्री शाहले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन

  • 391
    SHARES

  • सभापति रवि र प्रधानमन्त्री शाहले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन

    काठमाडौ, पार्टी गठन भएको करिब चार वर्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन सुरु भएको छ । 

    चितवनको भरतपुरस्थित उद्योग वाणिज्य सङ्घको खुला चौरमा तयार मञ्चमा आइतबार पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले महाधिवेशनको संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका हुन् । 

    महाधिवेशनमा रास्वपाका ४ हजार २ सय भन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनमा शुभकामना दिन  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई,नेपाली कांग्रेसका सभापति गगन थापा,नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वर्षमान पुन, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव,जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन महाधिवेशनमा पुगेका छन् ।

    आइतवार, आषाढ ७ २०८३०४:२८:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार