मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै,कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै,कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

  • 817
    SHARES

  • पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै,कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

    काठमाडौँ, काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा, मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

    मधेस र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मध्यम तातो लहर हुनुका साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन  हुने सम्भावना रहेको छ ।

    आज राति कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधरणतया बादल, पहाडी भूभाग तथा मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । 

    शुक्रवार, जेठ २२ २०८३०७:२४:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार