मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने, कुन- कुन नेताले पाए जिम्मेवारी ?

कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने, कुन- कुन नेताले पाए जिम्मेवारी ?

मेगा खबर संवाददाता

१७, चैत्र २०८२
  • 1.0K
    SHARES

  • कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने, कुन- कुन नेताले पाए जिम्मेवारी ?

    काठमाडौं, नेपाली कांग्रेसले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने भएको छ ।

    केन्द्रीय कार्यसमितिको चैत्र १० र ११ गते सम्पन्न बैठकको निर्णयानुसार निर्वाचन समीक्षा र कांग्रेसको अबको बाटो सन्दर्भमा ७ वटै प्रदेशमा समीक्षा बैठक हुन लागेको महामन्त्री प्रदीप पौडेलको भनाइ छ ।

    संयोजकसँग आवश्यक समन्वय गरी सम्बन्धित प्रदेश अन्तर्गत रहेका केन्द्रीय कार्यसमितिका सदस्य,प्रदेश कार्यसमितिका पदाधिकारी,जिल्ला सभापति,प्रतिनिधि सभा क्षेत्रीय सभापति,देश सभा सदस्य,देश सभा क्षेत्रीय सभापति र प्रतिनिधि सभाका प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारको उपस्थितिमा सम्बन्धित जिल्ला कार्यसमितिले कार्यक्रमको व्यवस्थापन गर्ने कांग्रेसले जनाएको छ ।

    १, कोशी प्रदेश विराटनगर २०८२ चैत्र २३ गते डिला संग्रौला पन्त
    २, मधेस प्रदेश जनकपुर २०८२ चैत्र २५ गते फरमुल्लाह मंसुर
    ३, बागमती प्रदेश हेटौडा २०८३ वैशाख ७ गते बहादुर सिंह लामा
    ४, गण्डकी प्रदेश पोखरा २०८२ चैत्र २७ गते देवराज चालिसे
    ५, लुम्बिनी प्रदेश दाङ २०८२ चैत्र २९ गते योगेन्द्र चौधरी
    ६, कर्णाली प्रदेश सुर्खेत २०८३ वैशाख ३ गते कर्णबहादुर बुढा
    ७, सुदूरपश्चिम प्रदेश कैलाली २०८३ वैशाख ५ गते प्रकाश रसाइली स्नेही

    मंगलवार, चैत्र १७ २०८२०५:२२:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार