काठमाडौँ, कांग्रेसमा अहिलेसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता अद्यावधिक गरेका छन् ।
महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यलाई ‘डिजिटल्ली अद्यावधिक’ गर्ने समय दिएको छ ।
यो समाचार तयार पार्दासम्म ३ लाख ७५ हजारले सदस्यता अद्यावधिक गरेको सदस्यता व्यवस्थापन समितिका सदस्य एवं पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । त्यो सङ्ख्या बढेर साँझसम्म ४ लाख पुग्ने अनुमान समितिको रहेको रसाइलीजे जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।